पोखरा । बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थण्डर्स प्रथम भएको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थण्डर्सले एसबि गाइजलाई १–० गोल अन्तरले पराजित गरी उपाधि जितेको हो ।
यसै गरि महिला फुटसलको उपाधी विनर गर्ल्सले जितेको छ । उसले एन्ग्री बर्डस् लाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्र्तगत भेट्रान्स फुटसल अन्नपूर्ण भेट्रान्सले जितेको कार्यक्रम संयोजक प्रविण हमालले जानकारी दिएका छन् ।
खुल्ला पुरुष फुटसल तर्फको बिजेता पोखरा थन्र्डसले ट्रफी, मेडल, प्रमाणपत्र तथा खसी पुरस्कार पाएको छ । यस्तै उपविजेता एसबि गाइजले ट्रफी, मेडल, प्रमाणपत्र तथा बोका पुरस्कार पाएका छन् । महिला फुटसल तर्फका विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विरेन्द्र रोकाहा उत्कृष्ट खेलाडी तथा सन्तोष पोखरेल उत्कृष्ट गोलरक्षक घोषित भए ।
यस अघि कार्यक्रममो उद्घाटन गर्दै पृथ्वी होटल संघका पूर्व सचिब एवम बाजेका सेकुवाका सञ्चालक एकराज गिरीले खेलकुदले स्वास्थ्यलाई मात्रै होइन सम्बन्धलाई पनि फाइदा पुर्याउने हुँदा प्रतियोगिताले भाइचारा अभिबृद्धिमा टेवा पुग्ने बताए । उनले पेशामा इमान्दार स्वास्थ्यमा जिम्मेवार बन्न सके मात्रै जीवन सहज बन्ने बताए ।
बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीका अध्यक्ष सुजन श्रेष्ठले शाखाका कर्मचारी र सञ्चालक विचको सम्बन्धलाई प्रगाढ बनाउन मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको बताए । कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, संस्थाका सल्लाहकार शाह मोहम्मद, जगतमोहन गिरी, नरबहादुर भुजेल, नारायण प्रसाद पोखरेल, फणिन्द्र बराल, बरिष्ठ उपाध्यक्ष घनश्याम गौतम, सचिब धिराज श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमका संयोजक प्रविण हमाल, सह–संयोजक सन्तोष पोखरेल र विरेन्द्र रोकाहा रहेका थिए ।
प्रथम पुरस्कारको सौजन्य युरो एशिया एचआरका सञ्चालक नारायण पोखरेल, द्धितिय पुरस्कारको सौजन्य स्विफ्ट एचआरका सञ्चालक गोविन्द रेग्मी, भेट्रान्स तर्फको ट्रफि, मेडलको सौजन्य अल्माइटी इन्टरनेशनलका सञ्चालक निरज खनाल तथा अन्य ट्रफी, मेडलका सौजन्य एम आइटी ग्लोबलका दिनेश मगरले गरेका थिए । संस्थाका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब धिराज श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो