पोखरा । पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि.आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी खेलाडीहरुले दर्ता गर्न सक्ने भएको प्रा.लि.ले जनाएको छ ।
खेलाडीहरुको बिमा देखि उहाँहरुलाई प्रोत्साहन गर्न स्थानियले भव्य स्वागत गर्ने भएका छन्। ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौड प्रतियोगितामा सहभागिहरुले आफ्नो परिचय सहितको ठेगना खुल्ने गरी अनलाइनबाटै फारम भर्न सक्ने व्यबस्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । पोखरा वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।
पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौडको रुट टुंगिने छ ।
खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल संचालित रहेको कम्पनीका व्यबस्थापक सागर सुनारले जनाए ।
प्रतियोगितामा हालसम्म पोखरा वडा २२ कार्यालय, पुम्दीकोट कोट विकास समिति, विश्व शान्ति स्तुप समिति, बुद्व पार्क समिति, पुम्दीकोट माउन्टेन लज, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला एथलेटिक्स संघ, पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानल, सहारा क्लब पोखरा, अटोवेज प्रालि, ग्लेज ड्रिङकिङ वाटर, सिटिजन फर्निचर, बराल पार्टी प्यालेस, एस.के. साउण्ड, परिचय एड्भरटाइटिङ, राष्ट्रिय पोशाकघर, जिल्ला समन्वय समिति कास्की, अन्तराष्ट्रिय पर्वतीय संग्राहलय, खेलकुदकर्मी विश्व तण्डुकार लगायतले सहयोग गर्दैछन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो