पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराका अरुण गिरीलाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।
राप्रपा कार्ययोजनाअनुसार ४० वर्ष मुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । यस अघि गिरी जिल्ला प्रवत्ताको जिम्मेवारीमा थिए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो । जसमा १० जना पुरुष र १० जना महिला छन् ।
पुरुषतर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ र शमीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र र युके प्रवासका डेभिड थापा राप्रपाको केन्द्रीय सदस्य बनेका छन् ।
महिलातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४ काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि केन्द्रीय सदस्यमा छनोट भएका छन् ।
सम्बन्धित खबर
ओली सरकारलाई सफल बनाउन एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार‚ रगत जाँचमा देखिएन डेंगु
गण्डकीका सांसद तथा पूर्व मन्त्री मनाङेलाई ५ वर्ष जेल सजाय फैसला सर्वोच्चद्वारा सदर
देउवाको ओलीलाई आश्वासन: ‘राम्रो काम गरिरहनुभएको छ, सरकार पूरै समय चल्छ’
बहिष्कार गरिएको बैठकको निर्णय एमालेले नमान्ने, संघर्षमा उत्रने चेतावनी [विज्ञप्ति]
प्रधानमन्त्रीलाई हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन्ः सञ्चारमन्त्री गुरुङ
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे