पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय समितिले ठोस कार्ययोजना ल्याउने भनेका छन् ।
‘हामी २०६४ को जस्तै अबको चुनावमा पहिलो शक्ति बन्नको लागि संगठन निर्माणमा जोड दिनुको विकल्प छैन’ नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिसंग शुक्रबार भएको परामर्श बैठकमा प्रचण्डले भने, ‘अब बस्ने हाम्रो केन्द्रीय समितिले ठोस योजना ल्याउनेछ हामी एक्लै चुनाव लड्ने र पहिलो हुने गरि अघि बढ्ने हो ।’
उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा राम्रो काम गरेकाले नै कांग्रेस एमाले मिलेको बताउंदै माओवादी आफ्नै खुट्टामा उभिएर चुनावमा लड्ने र पहिलो हुने योजना सुनाएका हुन् । ‘हामी सरकारमा रहंदा भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा राम्रो काम गरेको जनताले बुझेका छन्, अब फेरी जनताको गएर पहिलेजस्तै पहिलो भएर धेरै काम गर्नुपर्नेछ’ उनले ‘जब भ्रष्टाचार विरुद्ध हाम्ले इतिहासमै राम्रो काम गरियो यसबाट कांग्रेस एमाले डराएर मिलेका हुन् ।’
प्रचण्डले माओवादी पार्टी एकढिक्का रहेको सुनाउंदै अब सबै नेता कार्यकर्ताले जनयुद्धमा जस्तै जनताको घरदैलोमा पुगेर काम गर्ने बताए । ‘हामी नेताहरु बिग्रिएका छौं, अब हामी फेरी उठेर जनताको काम गरेर मन र मत दुबै जित्ने छौं,’ प्रचण्डले प्रवासका नेपालीलाई सुनाए, ‘अब नेपालमा रहेका नेता योजनाबद्ध रुपमा लाग्दैछौ, तंपाई प्रवासका कमरेडहरु पनि जे जसरी सम्भव हुन्छ लाग्नुहोला ।’
देशभर घुमेर परामर्श बैठकमा आएका सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएका प्रचण्डले प्रवासमा रहेका नेपालीले आर्जन गरेको ज्ञान र सिपलाई नेपालमा प्रयोग गर्नुपर्ने धारणा राखे । अहिलेको समय सुचना प्रविधीको युग भएको बताउंदै प्रचण्डले माओवादी सरकारमा हुंदा गरेका राम्रा कामहरुको व्यवस्थित तवरले प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए । जुम प्रविधीबाट भएको परामर्श बैठकमा नेकपा (माओवादी केन्द्र)का पदाधिकारीका अधिकांश नेता, पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु र समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
बैठकमा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संगठन निर्माणमा होमिनु पर्ने आवश्यकता औंल्याए । ‘हामीले बलियो पार्टी निमार्ण गर्नुको विकल्पै छैन,’ उनले भने, ‘सरकारमा रहंदा हामिले धेरै राम्रो काम गरियो, यसलाई व्यवस्थित रुपमा जनतालाई बुझाउनु पर्नेछ ।’ नेकपा (माओवादी केन्द्र)का उप-महासचिव जनार्दन शर्माले पार्टीलाई एकताबद्ध बनाउन र नेतृत्व विकास गर्न फरक मत राखेको विचार व्यक्त गर्दै पार्टी संगठनहरु व्यवस्थित र बलियो बनाउनुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र)का सचिव तथा पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिका इन्चार्ज राम कार्कीले समय अनुसार विचारको विकास गर्दै समाजवादमा पुग्नुपर्ने कुरामा जोड दिए । परामर्श बैठकमा नेकपा (माओवादी केन्द्र)का बैकल्पिक केन्द्रीय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिका सह-इन्चार्ज सुरेन्द्र भुषालले जनयुद्धको क्रममा प्रवासमा रहेका कार्यकर्ताको मुख्य भूमिका रहेको बताउंदै परिवर्तन ल्याउने माओवादी कमजोर हुंदा जनताका अधिकार खोसिने हुन् की भन्ने चिन्ता बढेको भनाई राखे ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का बैकल्पिक केन्द्रीय सदस्य मोहनमान स्वाँरले पार्टीका सबै गुटहरु भत्काउनु पर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिका संयोजक उदयराज गौतमले लिखित रुपमा सुझावहरु राख्दै कुटनीतिक नियुक्ति, पर्यटनदुत् ,बाँणिज्यदूत लगायत यस्तै नियुक्तिहरूमा प्रवासका पार्टी संगठनहरुसंग परामर्श गर्नुपर्नेमा जोड दिए ।
परामर्श बैठकमा सह-संयोजकहरु नारायण कॅडेल, सुष्मा भुषाल, सचिव तिलक के.सी, सह-सचिवहरु अच्युत फुंयाल, सुनिता रेग्मी, सह-कोषाध्यक्ष महेशकुमार खाती, नेपाली जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी लगायतले विभिन्न किसिमका सुझाव राखेका थिए । पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिमा युरोप, अमेरिका र अष्ट्रेलिया महादेशमा रहेका माओवादीका नेता कार्यकर्ता जोडिएका छन् । रासस
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन