सहकारी हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले गृहमन्त्री रमेश लेखकको निर्देशतलगत्तै काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइने भएको छ।
सूर्यदर्शनको ठूलो रकम गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा हालिएको थियो ।
गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै छवि समातिएका हुन् ।
यही बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका जोशीलाई संसदीय विशेष छानबिन समितिले पनि कारबाही गर्न सिफारिस गरेको थियो।
गोर्खा मिडियाका अर्का सञ्चालक जीबी राई भने फरार छन्। गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालिक ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्धनिर्देशक रवि लामिछानेमाथि पनि कारबाहीको लागि सिफारिस गरिएको छ।
लामिछानेले सहकारीबाट रकम ल्याउने काम नगरेको तर सहकारीबाट आएको रकम अपचलन गरेको गम्भीर आरोप छ। यसको पनि छानविने हुनेछ ।
सम्बन्धित खबर
अखिल अध्यक्षबाट दुई पटक राजीनामा दिएका डा. कडरियाले अराजक गतिविधि गरेको महासचिव धामीको आरोप
ऋषि धमलाको संरक्षकत्वमा जनादेश पार्टी, पत्नी एलिजालाई उपाध्यक्ष बनाउने तयारी
भष्ट्राचारको छानबिन एमालेबाट सुरू गर, ओलीबाट गर, गण्डकीमा मबाटै सुरु गर: खगराज अधिकारी
कुलमानलाई तत्काल मन्त्रीबाट बर्खास्त गरी अख्तियारमा मुद्धा दर्ता गर्न जेनजी मुभमेन्टको माग
पार्टी नाम र नेतृत्वमा कुलमान टसमस नभएपछि सुदन, सुमना र बालेन अब अलग
राष्ट्रपतिद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई शपथ
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने