वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ।
सङ्घको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुञ्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो।
‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै सङ्घले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ’, सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हवाई भाडा महङ्गो भएको नागरिकस्तरबाट गुनासो आएपछि सङ्घको आइतवारको बैठकले सोमवार, मङ्गलवार र बुधवार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो।
अध्यक्ष कार्कीले विपदमा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दावी गरे।
बिहीवारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोबाट सडक सञ्जाल अवरुद्ध हुदाँ हवाइ उडानमा यात्रुको चाप बढेको छ। यसअघि बढी भाडा लिएको भनेर चौतर्फी आलोचना भएको थियो।
सम्बन्धित खबर
रविलाई रुपन्देहीमै राखियो, भोलि बिहान मात्रै पोखरा ल्याइने
पोखरा आउने क्रममा मनिष बर्दिबासबाट बेपत्ता, पाँच दिनदेखि खोजी जारी
‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बिक्री सुरू
आज पनि रविको बयान जारी, बयान सकेर आजै पोखरा पठाउने तयारी
काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर
प्रवेशाज्ञा बिना नेपाल प्रवेश गर्ने २ जना विदेशी पक्राउ
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो