झ्याप्ले खोलाको पहिरोमा पुरिएर मृत्यु हुने सबैको पहिचान खुलेको छ । धादिङको धुनिवेशी नगरपालिका- ९ झ्याप्ले खोलामा खसेको पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।
असोज ११ गते सडकमाथिबाट खसेको पहिरोले दुई वटा माइक्रो र एउटा बस पुरिएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने सबैको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताए । उनका अनुसार सबैको पहिचान खुलेर पनि शव आफन्तलाई बुझाइसकिएको छ ।
असोज ११ गतेपछि बाढी पहिरोमा परेर हालसम्म देशभर २३३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । २२ जना अझै वेपत्ता छन् भने १६९ जना घाइते भएका हुन् ।
१७ हजार १२० भन्दी बढी प्रभावितको उद्धार गरेको उल्लेख गरिएको छ ।


गण्डकीका १३ जना परे
झ्याप्ले खोलाको पहिरोमा गण्डकी प्रदेशका १३ जनाले ज्यान गुमाएका छन् । गोरखाका ५ जना, स्याङ्जाका ३, बागलुङका २, तनहुँका २ र पर्वतका १ जनाको मृत्यु भएको छ ।
गोरखाको भिमसेन गाउँपालिका- ४ का ४७ वर्षीय मदन परियार दमै, भिमसेन गाउँपालिका- ४ का १५ वर्षीय विनायक भट्टराई, धार्चे गाउँपालिका- ७ का २७ वर्षीय सुके दमै, बारपाक सुलिकोट गाउँपालिका- ७ का २८ वर्षीय नवराज पन्त, गण्डकी गाउँपालिका- ४ का ४० वर्षीय नवराज तिवारीको मृत्यु भएको छ ।
स्याङजाको गल्याङ नगरपालिका- ३ की ४५ वर्षीया सिता भट्टराई, दीपिका भट्टराई र दिपेश भट्टराई रहेका छन् । तनहुँको भानु नगरपालिका- ३ का २६ वर्षीय जनक कुवँर, व्यास नगरपालिका- ५ का ३४ वर्षीय लेखनाथ ओझा, बागलुङको बडिगाड गाउँपालिका- २ का ५२ वर्षीय इन्द्रजीत राना र भीमकुमारी राना रहेका छन् ।
पर्वतको कुश्मा नगरपालिका- २ का ३१ वर्षीया पुष्पा शर्माको पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएर ज्यान गएको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु