पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा रमाइलो दशैं फेस्ट आयोजना गरिएको छ ।
नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा कलेजले विद्यार्थीलाई मनोरञ्जन दिने उद्देश्यले ‘आइएसएमटी दशैं फेस्ट’ गरेको हो ।

दि जुकबक्स ब्याण्डको विशेष प्रस्तुती रहेको फेस्टमा विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुती राखे । फुड, म्युजिक, ड्रिन्क्स र डान्स थिममा कलेजले यो कार्यक्रम राखेको हो ।
कलेज परिसरमा बुधबार अपरान्ह ४ बजेदेखि चलेको फेस्टमा विद्यार्थीहरुले खुलेर मज्जा लिए ।

पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले पढाईसँगै मनोरञ्जन पनि आवश्यक रहेको उल्लेख गरे । उनले यस कलेज वडाको चिनारीका रुपमा रहेको बताउँदै समसामयिक शिक्षा प्रदान गर्नुका साथै यहाँबाटै बेलायतको विश्वविद्यालयको प्रमाणपत्र पाउने अवसर सिर्जना गरेकोमा आभार व्यक्त गरे ।

आइएसएमटी कलेज पोखराका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार अवसरमा कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी कर्मचारीबीच शुभकामना आदानप्रदान गर्ने हेतु पनि यस कार्यक्रम आयोजना गरिएको हो ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।

कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।


सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो