नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा जिबी राई र छविलाल जोशीले भन्दा बढी अपराध रवि लामिछानेले गरेको दाबी गरेका छन् ।
सोमबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा दोषी देखिएका सबैमाथि कारबाही हुने बताए । उनले कानुन सबैका लागि लागू हुने बताउँदै कोहीमाथि प्रतिशोध र रिसिइबी नराखी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
‘हामी बर्बराएर हिँड्दैनौं पनि । तर, त्यही केशमा जिबी राईलाई कानुन लाग्ने, छविलाल जोशीलाई कानुन लाग्ने, त्यो भन्दा बढी अपराध गर्ने मान्छे चाहीँ कराउँदै हिड्ने ? कानुनअनुसार हुन्छ यो । मेरो इच्छाले कारबाही गर्न चाहेर पनि हुँदैन । उहाँको इच्छाले कारबाही गर्न नचाहेर पनि हुँदैन । कानुनले जे भन्छ, त्यही हुन्छ,’– उनले भने, ‘विदेश जाउ तीँ ठगेको छ, नेपाल आउँ यहीँ ठगेको छ । नागरिकता, पासपोर्ट दुई वटा प्रयोग गरेको छ । जाली सबैभन्दा बढी जनतालाई उसैले गर्छ । यो प्रवृत्तिले मुलुक बन्दैन ।’
साथै, प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि अपराधीलाई जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए । आफूहरुले कसैलाई व्यक्तिगत रुपमा आरोप लगाउने भन्दा पनि कानुनअनुसार सबैलाई कारबाही गरिने बताए ।
‘अपराधीलाई जोगाएर प्रधानमन्त्रीलाई केही फाइदा हुँदैन । कसैलाई फसाउने काम त गर्नै हुँदैन । त्यसैले हामी कसैले व्यक्तिगत रुपमा यो र त्यो भन्न चाहँदैनौं । कानुनअनुसार सबैलाई कारबाही हुन्छ,’– उनले भने ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने