काठमाडौँ — सर्वसाधारणले पछिल्लो १० दिन (असोज १३ देखि २२ सम्म) मा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र सात वटै प्रादेशिक कार्यालयबाट मात्र करिब १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई नोट सटही सुविधा दिएका छन् । त्यो रकम पनि जोड्दा दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।
‘मंगलबारसम्म राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन्,’ उनले भने, ‘वाणिज्य बैंकले पनि कम्तीमा राष्ट्र बैंकले जति नै रकम बराबरको नोट सटही सुविधा दिएको भन्ने प्रारम्भिक सूचना छ ।’ राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सटही भएको नोटको रकम जोड्दा साढे २ अर्बभन्दा बढी हुने प्रवक्ता पौडेलले बताए ।
दसैंका लागि राष्ट्र बैंकले यही असोज १३ देखि २३ गतेसम्मका लागि नोट सटही सुविधा दिएको थियो । तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
विगतमा नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने निर्णय गर्यो । सफा र सुकिला नोट उपयोगका लागि भन्दै राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला दिने निर्णय गरेको हो । तर सुकिला नोटमा सर्वसाधारणको उत्सुकता भने कम देखिन्छ । नोट सटहीका लागि राष्ट्र बैंकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा भीडभाड कम हुनुले पनि यसको पुष्टि गर्ने जानकार बताउँछन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने