स्याङ्जाको आँधीखोला गाउँपालिका -५ मा अवस्थित आनन्द आश्रम ज्ञान केन्द्रद्वारा दुई प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।
काजीमान हरिटीका माविका प्रधानाध्यापक ऋषिराम शर्मा र त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका प्रअ मुक्तिप्रसाद रेग्मीलाई तीन दशकदेखि निरन्तर उत्कृष्ट शैक्षिक र प्राज्ञिक कर्म गरेको भन्दै आनन्द प्रज्ञा सम्मानद्वारा सम्मान गरिएको हो ।
आनन्द आश्रम ज्ञान केन्द्रमा आयोजित विचार गोष्ठीमा प्राज्ञद्वयलाई आनन्द आश्रम प्रज्ञा सम्मानले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो । काजीमान हरिटीका माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा माध्यमिक तह प्रथम श्रेणीका शिक्षक विगतमा स्रोत व्यक्ति र प्रशिक्षकको भूमिकामा रही स्याङ्जा जिल्लाको शैक्षिक उन्नयनमा अहम् भूमिका खेल्नुभएको छ ।
यस्तै, त्रिभुवन आदर्श नमूना माविका प्रअ मुक्तिप्रसाद रेग्मी गण्डकी प्रदेश परीक्षा समितिको सदस्य हुनुहुन्छ । एउटा सामान्य रूपमा चलिरहेको त्रिआ माविलाई जिल्लाकै नमुना विद्यालय बनाएर हजारौं विद्यार्थीसहितको रूपान्तरित उदाहरणीय विद्यालयमा परिणत गर्ने सक्षम नेतृत्वका रूपमा रेग्मीलाई चिनिने गरिएको छ ।
पूर्वमन्त्री त्रिलोचन ढकालले जिल्लामै साहित्यिक गतिविधि शून्य भइरहेको बेलामा बुबा आनन्द ढकालको प्राज्ञिक योगदानलाई जीवित बनाउने गरी आनन्द आश्रमलाई साहित्यिक र प्राज्ञिक जमघटको थलो बनाउनु भएको हो । आनन्द आश्रम ज्ञान केन्द्रले मासिक साहित्यिक कार्यक्रम समेत गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ