स्वर्गद्वारी । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् । आज दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार कार सडकबाट २० मिटर तल जङ्गलमा खसेको थियो ।
कारमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ ।
त्यस्तै ५५ वर्षकी शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएकोसमेत थापाले जानकारी दिए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । उनीहरूलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेको समेत प्रहरीले जनाएको छ ।रासस
सम्बन्धित खबर
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ