चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्व सदस्य गायक लियाम पेनेको ३१ बर्षको उमेरमा मृत्यु भएको छ।
मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो। पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय अखबार ला नासियोन र क्लारिनका अनुसार प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक व्यक्ति लागुऔषध र रक्सीको लतमा रहेको जानकारी पाएको बताएको छ। होटलका प्रबन्धकले होटलको पछाडि ठूलो आवाज सुनेपछि त्यहाँ पुग्दा एकजना मानिस आफ्नो कोठाको बालकनीबाट खसेको देखेको बताए। आपतकालीन सेवाहरू घटनास्थलमा पुगे र ३१ वर्षीय ब्रिटिश गायकको मृत्युको पुष्टि गरेका थिए। उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ।
२०१० मा युकेको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो।
यस ब्याण्डले पाँच एल्बल निकालेको थियो । उनीहरुको २०१३ मा आएको तेस्रो एल्बममिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्री भएको एल्बम बनेको थियो।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला