पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाले रास्वपाभित्र तरङ्ग उत्पन्न भएको छ ।
प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिने तयारी गरेपछि प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा बसेको छ। बैठकको एजेण्डा समसमयिक विषय भनेपनि लामिछानेको विषय बैठक केन्द्रित रहेको बताइन्छ ।
यस्तै, संसद् भवन नयाँ बानेश्वरमा प्रहरी तैनाथी बढाइएको छ। प्रतिपक्षी दलहरूको बैठक चलिरहँदा संसद् भवन नयाँ बानेश्वरमा सुरक्षा तैनाथी बढाइएको हो।
यद्यपि प्रहरीको उच्च स्रोतले लामिछानेको सम्भावित पक्राउबारे केही बताएको छैन। प्रहरीको उच्च स्रोतले यसबारे सम्बद्ध पक्षको कुनै निर्देशन नआएको दाबी गरेको छ।
कास्की जिल्ला अदालतले पनि अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ ।
कास्की जिल्ला अदालतका अनुसार आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी छैन ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा गएपछि खर्च गर्ने भूमिकामा लामिछाने जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो ।
संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरु सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ।
गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैंअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सोही क्रममा लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन पक्राउ गर्ने तयारी गरिएको उच्च राजनीतिक स्रोतले बताएको छ।
गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ।
लामिछानेलाई छविसँगै पक्राउ गर्ने तयारी गरिएपनि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण रोकिएको थियो।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?