राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सहकारी ठगीमा उनीविरूद्ध शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो।
लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो। पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै कानुनलाई पूरा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
यस्तो छ लामिछानेको फेसबुक स्टाटस;
सरकार मर्यो, हामीलाई जुठो पर्यो!!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ??
तपाईं बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?
तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने।
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौं अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिँडिनँ र हिँड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनु भो। वाचा स्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईंहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन्। कोही जेलमा छन्, कोही फरार छन्। तपाईंहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन्। त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।
ठिक छ, म तपाईंहरूको दिनगन्ती सुरू भएको खुसीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्याएको यो देशले चाँडै देख्ने छ। सुरूआत तिमीहरूले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई, सरकार मर्यो, हामीलाई जुठो पर्यो। तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।
प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने