काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ रास्वपा पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई पक्राउ गर्ने क्रममा राजस्वा कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
लामिछानेलाई सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउपछि स्थलमार्गबाट पोखरा ल्याइरहेको छ ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले माग गरे अनुसार शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले अनुमति दिएको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।
कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
बालेन्द्र शाहको तारिफ गर्दै सुनिताले भनिन्: पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?