नवलपरासी । श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एक अभियुक्तसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–५ निवासी रोशन भन्ने सूर्यकुमार बढईको हत्या भएको थियो । रोशनको शव उनी सुत्ने ओछ्यानमा बिहानपख मृत फेला परेको थियो ।
घटनाको साढे २ महिनापछि प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये पाल्ही नन्दन गाउँपालिका–६ निवासी ३० वर्षीय जोगिन्दर बढईले आफ्नो श्रीमतीलाई रोशनले मोटरसाइकलमा राखेर आफन्तकोमा छोड्न गएको देखेपछि सोही घटनालाई लिएर रोशनको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहाराले जानकारी दिए ।
प्रहरीले रोशनको हत्यामा संलग्न जोगिन्दर बढईसहित पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–६ निवासी २० वर्षीय सुरज राजभर र अर्का एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले उनको नाम भने गोप्य राखेको छ ।
कसरी भएको थियो घटना ?
गत साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई उनका साथी रोशन भन्ने सूर्यकुमार बढईले आफ्नो मोटरसाइकलमा राखेर आफन्तकोमा लैजान सहयोग गरेका थिए ।
श्रीमतीलाई अरुको मोटरसाइकलमा चढेको देखेपछि जोगिन्दर र सूर्यबीच बाटोमै विवाद भयो । विवादसँगै जोगिन्दरले रोशनसँग बदलाको भावना राखी हत्याको योजना बनाए थिए ।
हत्याको योजना बनाई साउन १३ गते बेलुका रोशनलाई भेट्न बोलाएका थिए । तर, रोशनले साथीहरु लिएर गएका कारण त्यस दिन जोगिन्दरले रोशलाई केही गरेनन् ।
तर साउन १४ गते बिहान ४ बजे रोशन सुतेकै ठाउँमा गएर जोगिन्दरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक रेशम बोहाराले जानकारी दिए ।
घटनापछि जोगिन्दर भारत भागेको र घटनामा सम्लग्न अन्य २ जना भने गाउँमै बसेका थिए । घटनामा प्रयोग गरिएको धारिलो हतियार सेफ्टी ट्यांकीमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जोगिन्दर घर फर्केर लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको र उनीसँगै घटनामा सम्लग्न अन्य दुई जनालाई पनि पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री
अव्यवस्थित बस्ती हटाउन ऐतिहासिक सफलता, सुकुम्बासी भन्दा हुकुमवासी बढी हुँदा सहज
संघीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प