भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् ।
मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । उक्त खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गरेका हुन् । उनले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताए । ज्ञानवेल २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि थिए ।
ज्ञानवेलले भने, ‘बाहुबली ३ प्लानिङ स्टेजमा छ । गत हप्ता चलचित्रकर्मीसँगको छलफलका क्रममा थाहा भयो । उहाँले बाहुबली १ र २ बनाउनुभएको थियो । तर अब उहाँहरु लामो समयपछि बाहुबली ३ बनाउने योजनामा हुनुहुन्छ।’
ज्ञानवेलले कल्की २८९८ ईस्वी र सालारको सिक्वेलको उदाहरण पनि दिए, जुन लामो अन्तरालपछि बन्नेछ । त्यस्तै कंगुवाको सिक्वेल पनि बन्नेछ ।
केही समयअघि एक कार्यक्रममा राजामौलीलाई फिल्म ‘बाहुबली’ फ्रेन्चाइज दुई पार्ट रिलिज भएपछि अगाडि बढ्छ कि भनेर सोधिएको थियो, उनले भनेका थिए, ‘बाहुबली एनिमेटेड सिरिजमा मात्र अगाडि बढ्ने छैन अन्यमा पनि अगाडि बढ्नेछ माध्यमहरू बढाइनेछ। अहिले यो प्लेटफर्ममा यसको बारेमा कुरा गर्ने सही समय होइन ।’
‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यो कुरामा सहमति जनाउदै अहिलेसम्म ‘बाहुबली’ सिरिजका फिल्महरु सानो हिस्सा मात्र भएको बताए । यसमा धेरै फ्रान्चाइजीहरू बनाउन सकिने बताए ।
सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो ।
प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै, बाहुबली-२ २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन