पोखरा । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार काठमाण्डौंबाट पोखरातर्फ दौडिरहेका छन् ।
काठमाडौँको दशरथ रंगशालादेखि सुरु भएको उक्त दौड सोमबार पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेकाछन् । करिब २ सय किलोमिटरको दौड उनले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित दौड सुरु गरेका हुन् । मंगलबार दमौली नजिक पुग्ने लक्ष्य सहित बिहानैदेखि पुनः दौडिइरहेको उनका सहयोगी विकास खड्काले बताए ।
काठमाडौँको दशरथ रंगशालाबाट सुरु गरी उक्त दौड ३ दिनको दौरानमा पोखरा रंगशालामा आएर समापन गर्ने गोदारको लक्ष्य रहेको छ । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना रहेको छ । उनलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको छ । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्ने उनको लक्ष्य रहेको छ ।
कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गर्नु भएको बताउँछन् ।
नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियामना जुटेका हुन् । उनले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका थिए । केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिनुएका गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय उपयुक्त भएको बताए ।
पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए । आफ्नो एकल दौड भएकोले गर्दा मेडिकल सहित स्वयम सेवकहरु गरी ६ जना आफ्नो दौडको अभियानमा जुट्ने उनले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह