काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगीका आरोपीहरूविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । रेड नोटिस जारी गर्न भनिएका आरोपीहरूमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि छिन् ।
यो सहकारी ठगीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सीआइबीकै आग्रहमा प्रहरीको नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई पत्राचार गरेको हो ।
रेड नोटिस जारी गर्नका लागि पत्राचार गरिएका आरोपीहरूमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र मितेरी सहकारीकै ज्योतिबहादुर भण्डारी छन् । ठगी भएको समयमा ज्योयि गुरुङ सहकारीमा प्रबन्ध निर्देशक थिइन् । उनले भण्डारीसँग मिलेर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । मितेरी सहकारीबाट बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना भएको अनुसन्धानमा देखिएको छ ।
ज्योतिसँग धनराजले २०७६ फागुनमा सम्बन्धबिच्छेद गरिसकेको बताएका छन् । सम्बन्धविच्छेदको कागजात भए पनि उनीहरूले कागजी रूपमा नक्कली सम्बन्धविच्छेद गरेको आरोप छ किनभने धनराजले सम्बन्धविछ्छेदपछि पनि पूर्वपत्नीले चलाएको रकम तिर्दै आएको सहकारीका अध्यक्षले बताएका छन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु