पोखरा । साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई नेपालले ६–० को जित हासिल गरेको हो। योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ।
नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक–एक गोल गरे ।
जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । तर गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे । तर नेपालले कुनै गोल खाएन भने भुटानले एक गोल खाएको थियो ।
साफ वुमन्स च्याम्पियनसिपमा अहिलेसम्म भएको सबै सातवटै संस्करणमा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।
दशरथ रंगशालमा सात हजार भन्दा बढी दर्शकमाझ नेपालले सुरुवाती १३ मिनेटमै ३ गोल गर्दै शानदार सुरुवात गरेको थियो ।
खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पट ठीक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।
जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रु पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पु¥याइन् ।
त्यसको दुई मिनेटपटि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् । अघिल्लो खेलमा माल्दिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौं गोल हो ।
रेखाले नै ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो । सावित्राले श्रीलंकाकी डिफेण्डरलाई छलाउँदै बक्स भित्रबाट हानेको बल रेखालाई लाग्दै गोल भएको हो ।
श्रीलंकाविरुद्ध दुई गोल गरेपछि रेखा भुटानकी देकी लाजोमसँगै संयुक्त रुपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छिन् ।
दोस्रो हाफको सुरुवात देखि नै नेपालले विपक्षीमाथि लगातार दबाब बनायो । त्यसको नतिजास्वरुप नेपालले ४७औं मिनेटमा पाँचौ गोल गर्यो ।
सबिता राना मगरको पासमा अमिसा कार्कीले गोल गर्दै नेपालको अग्रता ५–० बनाइन् । त्यसपछि पनि नेपालले लगातार श्रीलंकाको पोष्टमा आक्रमण गरिरह्यो । तर फिनिसिङ कमजोर रह्यो ।
दोस्रो हाफमा श्रीलंकाली किपर आरजी विरासिंघा व्यस्त रहिन् । उनले नेपालको आक्रमणलाई लगातार विफल पारिन् ।
८३औं मिनेटमा रेखा पौडेलले गोल गरेपनि मान्यता पाएन । अनिता बस्नेतको कर्नरमा सावित्राले बक्स भित्रबाट हानेको हेडर बारमा लागेर पर्केपछि सिक्स यार्ड बक्समा रहेकी रेखाले हेडमार्फत सहजै गोल गरेपनि असिस्ट्यान्ट रेफ्रीले अफसाइड झण्डा उठाइदिए ।
तर इन्जुरी टाइमको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले अनिता बस्नेतको कर्नरमा हेड मार्फत गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् र समूह विजेता बनाउन योगदान गरिन् ।
अब आइतबार पहिलो सेमिफाइनल बंगलादेश र भुटान तथा दोस्रो सेमिफाइनल नेपाल र भारतबीच हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला