काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई अहिले नै ढाल्ने पक्षमा आफूहरु नरहेको बताएका छन्।
अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि बताए। शनिबार काठमाडौँमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उनले सडकबाट सरकार फेर्ने भन्ने कांग्रेस—एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रम मात्रै हुने पनि बताए।
ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाइ थियो। उनले काँग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताए।
सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सह्यै नहुने बताए।
उनले भने, ‘अहिले सरकार हटाउनका लागि यो खबरदारी सभा गरिएको होइन। हामीलाई राम्रोसँग थाहा छ, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामी के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा हामीलाई गहिरो गरी बोध छ। बरु हामीले यो खवरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो। सरकार आजै ढल्छ, भोलि ढल्छ हामीले भनेका छैनौँ।’
अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गरे। कांग्रेस र एमालेजस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उनको भनाइ थियो।
अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर कांग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ