पोखरा महानगरपालिकामा पाँच हजार कुकुर दर्ता भएका छन् । महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया अघि बढाएका हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे ।
दीपावलीको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीले पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा सन्देशमूलक दैउसीभैलो कार्यक्रममा प्रमुख आचार्यले यस विषयमा जानकारी गराएका हुन् ।
आचार्यले स्वास्थ्य क्षेत्रका थुपै्र सन्दर्भलाई सांस्कृतिक पर्वसँग जोडेर जनजागरण फैलाउँदै आएकोमा सञ्जालसहित महानगरभित्रका ६ सय ५६ स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिए ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले सरकारले समुदायको स्वस्थ्य क्षेत्र सुधारका लागि अघि बढाएका काम र लक्ष्यलाई पूरा गर्न स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।
पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, महानगरका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, पशु सेवा महाशाखाका अधिकृत नवराज अधिकारीलगायतले कार्यक्रममा बोलेका थिए ।
पोखरा महानगरभित्रका फोहोरमैला एवं छाडा कुकुरका समस्यालाई उजागर गर्दै आम पोखरेली एवं कुकुर पाल्ने घरधनीलाई सचेत गराउन कार्यक्रम गरिएको सञ्जाल अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् ।
सञ्जाल अध्यक्ष पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव संगीता बरालले सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प