चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।
रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित खबर
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो