स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण हुँदै छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नं.१ पञ्चकन्या धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
नेपाल र भारतका सिद्धिप्राप्त विभिन्न साधुसन्त योगीहरुको परिकल्पना र सहयोगमा गाउँपालिकाको नेतृत्वमा नवग्रह मन्दिरको निर्माण कार्य अगाडि बढाइएको हो ।
नयाँ धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको यस ठाउँमा निर्माण हुँदै गरेको नवग्रह मन्दिर वरपर गणेश चतुर्थीको अवसरमा १०८ वटा पिपलका बिरुवा रोपिएको थियो ।
नेपालमै पहिलोपटक अर्जुनचौपारीमा बन्दै गरेको नवग्रह मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ ।
अर्जुनचौपारीमा बन्दै गरेको मन्दिर भारतको असमको भन्दा फरक रहेको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले यहाँ बन्ने नवग्रह मन्दिर विश्वमै पहिलो भएको दाबी समेत गरे ।
दियो आकारको पूर्वतर्फ फर्केको मन्दिर बन्ने बताउँदै पालिका अध्यक्ष तिवारीले पालिकालाई हिन्दु धर्मावलम्बीको केन्द्र बनाउने लक्ष्य रहेको बताए ।
मन्दिर गण्डकी प्रदेश सरकारको ४० लाख र बाँकी पालिकाको लगानीमा निर्माण हुँदै छ । गाउँपालिकाका अध्यक्ष तिवारीका अनुसार यो पवित्र स्थल निर्माणका लागि पालिकाले सहयोगदाताहरुको सहयोग समेत रहने अपेक्षा राखेको छ ।
यस मन्दिरमा नौवटा भुजा रहने पिल्लरमा १३ फिटको उचाइमा नवग्रहका नौवटै मूर्ति रहनेछन् भने त्यसमाथि १४ फिटको उचाइमा रहने पिल्लरमा चतुर्भुज आकारको सूर्यतर्फ फर्केको ग्रहको प्रतिमा रहनेछ । मन्दिर परिसर भित्र बन्ने नौवटा सर्कलको बीचमा षट्कोण र त्यसको पनि बीचमा पशुपतिनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिनेछ भने शिवलिङ्ग ७ क्वीण्टलको रहनेछ ।
नौवटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि पुछारमा रहने सुरुङको बाटोबाट बाहिर निस्कन मिल्नेछ । निर्माणकार्य सकिएपछि मन्दिरमा गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमानलगायतको पूजा गरेपछि नवग्रहको पूजा हुनेछ ।
हरेक वर्ष गणेश चतुर्थीको दिनमा मात्र सौर्यमण्डालीय ग्रहको प्रतिमा हेर्न पाइनेछ भने प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न पाइनेछ ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला