नेकपा एमालेले स्थानीय तहमा ४२ जना उम्मेदवार उठाएको छ। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेका तर्फबाट पालिका प्रमुख, उपप्रमुख र वडाअध्यक्ष गरी ४२ जनालाई स्थानीय तहमा उम्मेदवार बनाएको हो।
पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धरलाई उठाएको छ। आफ्नो विरासत जोगाउनुपर्ने भएकाले उपनिर्वाचनमा सबैभन्दा सकस कांग्रेस र माओवादी केन्द्रलाई देखिएको छ। एमालेले जितेको ९ वडामा मात्र उपचुनाव हुँदैछ।
निर्वाचन आयोगले आइतबार प्रकाशन गरेको विज्ञप्ति अनुसार साँझ ५ बजेसम्म ४ सय ७ जनाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन्। कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
यसैगरी, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
साथै, गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र अन्य १ गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
यी हुन् एमालेका उम्मेदवार
सम्बन्धित खबर
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
कांग्रेस पूर्वसभापति देउवा दम्पति साउन २३ गते फर्किने
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण