काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालिन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौति भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई भाडादर बढेको भनिएको भएपनि आफ्नो भाडा दर अघिल्लो बर्षको भाडादरको दायरा भित्र नै रहेको दाबि गरेको छ ।
निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्वन्धित सवैमा अनुरोध गरेको छ छ ।
नेपाल एयरलाइन्सले दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय छुट दिने घोषणा गरेको छ भने दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिएको जनाएको छ ।
एयरलाइन्सले उपरोक्त छुट जहाजको सिट उपलव्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने र सो को लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनु पर्ने जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई सत प्रतिशत छुट, ३३ जना निज विरामीहरुका कुरुवाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकरी दिएको छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो