जयपुर । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका निम्ति अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोस्टमार्टम गरेन ।
तर, मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, रोहिताश बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर, उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो । र, उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार, वास्तवमा उनलाई छारेरोग (मिर्गी)को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एकजना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”
“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।
रोहिताशलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।
अधिकारीहरूले अस्पतालको सेवा केही समयका निम्ति बन्द गरिएको जनाएका छन् । रासस/एएफपी
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन