काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौं लगिने भनिए पनि लगिएन ।
काठमाण्डौमा प्रदर्शनका कारण हिजो काठमाण्डौ नलगिएको बुझिन्छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अब आज या भोली मात्र काठमाडौं लगिने भएको छ ।
रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधवार साँझ वा बिहिवार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन् ।
पोखरामा नै रहेका उनले फेसबुकमा लेखेका छन्- ‘कास्की प्रहरीले रवि दाइलाई बुधवार साँझ वा बिहिबार बिहान मात्र काठमाडौं पठाउने भएको छ ।’
उनलाई यस बीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो । काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौं र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने