काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसलाई प्रधानमन्त्री बनिदिन हप्ता हप्तामा आग्रह गर्ने गरेको खुलासा गरेका छन्।
बिहीवार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। प्रचण्डले काँग्रेसलाई प्रधानमन्त्री बन्न हप्तामा एकपटक आग्रह गर्ने गरेको उनले बताएका हुन्। उनले नेपाली काँग्रेस इमान्दारीपूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए।
उनले सरकार तलमाथि गर्ने नभई आफूहरू परिणाम दिने गरी काम गरिरहेको दावी गरे। उनले सरकारलाई स्थिर बनाउन काँग्रेस लागेको स्पष्ट पारे।
थापाले भने, ‘हामी अहिले केपी ओलीसँगैको यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ। हामी परिणाम दिन चाहन्छौँ। अहिले पनि प्रचण्डले हप्तामा एकपटक काँग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो।’
महामन्त्री थापाले सबै एक भएर बेरोजगारी र गरिबी विरुद्ध लड्न आवश्यक रहेको बताए।
सम्बन्धित खबर
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
कांग्रेसले गुमाएन कीर्तिपुर, मेयरमा डंगोल विजयी
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ