पोखरा महानगरपालिका वडा नं.२३ पन्चासे भन्ज्याङमा निर्माण गरिएको हाई अल्टिच्युड खेलमैदानको उद्घाटन गरिएको छ । समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको उक्त मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
पन्चासे भन्ज्याङमा बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको छ । पञ्चासेलाई जैविक विविधता र धार्मिक तथा पर्यापर्यटनको हबका रूपमा विकास गरिने नगर प्रमुख आचार्यले बताए । पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै उनले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास साझेदारहरूसँग सहकार्य गरिरहेको बताए ।
पञ्चासेमा बालाचर्तुदशीका दिन हजारौँ श्रद्धालु भक्तजनहरू पुग्ने गरेकाले भन्ज्याङसम्म सुविधा सम्पन्न सडक निर्माणको प्रक्रिया अगाडि बढिसकेको उनले बताए । घाँटीछिना हुँदै भन्ज्याङ र हर्पन हुँदै भन्ज्याङसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको र नाला समेत निर्माण भइरहेकाले यो सडक सङ्घ, प्रदेश र महानगरपालिकाको समेत लागतमा निर्माण भइरहेको उनले बताए ।
उनका अनुसार भन्ज्याङसम्म पुग्ने सडक कालोपत्रेका लागि दिगो पर्यटन विकास अन्तरगत एसियाली विकास बैङ्कसँग साझेदारी गरिएको र त्यहाँबाट पञ्चासेसम्म पुग्नका लागि भने सुविधायुक्त सिँढी बाटो निर्माण तथा मर्मत गरिने छ ।
पञ्चासे क्षेत्र विश्वमै धेरै प्रजातिका सुनाखरी पाइने स्थान भएकाले यसको संरक्षण तथा विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए ।
भन्ज्याङमा निर्माण गरिएको खेलमैदान पोखरा महानगरपालिकाको २५ लाख, गण्डकी प्रदेश सरकारको ५ लाख, आदर्श क्लबको ३ लाख ७५ हजार र स्थानीय भक्तबहादुर गुरुङको ८० हजार लागतमा निर्माण भएको हो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह