सिरिज्नङ्गा ३ मा चार मतले हारेकी एमालेकी कुमारी यसपटक विजयी

मत परिणामः

सिरिज्नङ्गा ३ मा चार मतले हारेकी एमालेकी कुमारी यसपटक विजयी

purba

ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् ।

 २ बर्ष अघि नेपाली कांग्रेसका उम्मेदवार दिलप्रसाद वोखिमसँग ४ मतले पराजित भएकी कुमारी सावदेनले  उपनिर्वाचनमा भने बाजी मारेकी छन्।

आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अम्वी साउदेनलाई हराउँदै उनी निर्वाचित भएकी हुन्
।

निर्वाचित भएकी सावादेनले ३५३ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी साउदनले २५१ मत ल्याए

यस्तै, नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवीप्रसाद पौडेलले सात मत ल्याए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ