काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । चितवनले आज भएको दोस्रो खेलमा पोखरा एर्भेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकाल्दै दोस्रो जित दर्ता गरेको हो ।
त्रिवि मैदानमा चितवनले दिएको १६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा १३ओभरमा ७४ रन जोडेर अलआउट भयो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना गरेका उनले ३ चौका र २ छक्का हिर्काएका थिए । ४ ओभरमा ६ रनमा ७ विकेट गुमाएको पोखरालाई म्याट क्रिट्ले १६ रनको योगदान दिए ।
पोखरालाई लज्जास्पद हार चखाउने क्रममा चितवनका शोहिल तान्भिर, रिजन ढकाल र लुक बेनकेन्सटाइनले समान ३–३ विकेट लिए। पहिलो ओभरमा नै तान्भीरले कप्तान तथा ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट गर्दा पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट गराए ।
चौथो ओभरमा रिजन ढकालले पनि ३ विकेट चट्काए । उनले दिनेश खरेल र किरन ठगुन्नालाई समान १ रनमा आउट गर्दा माइकल लिस्कलाई शून्य रनमै आउट गराए ।
यसअघि राईनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य पेश गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए ।
३८ बलको सामना गरेका उनले समान ३ छक्का र चौका हिर्काए । त्यस्तै कप्तानसमेत रहेका मार्की खेलाडी कुशल मल्लले ३८ रन जोड्दा लुक बेनकेन्सटाइन १६, हसन एइसाखिल १४,अमरसिंह रौटेला १३ तथा सन्तोष कार्की र शरद भेषावकरले समान ११ रन जोडे ।
बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिएका थिए ।
पोखराको यो पहिलो खेल तथा पहिलो हार हो भने चितवनले लगातार दोस्रो जित निकालेको छ । यसअघि चितवनले काठमाडौं गुर्खाजलाई हराएको थियो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’