काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । चितवनले आज भएको दोस्रो खेलमा पोखरा एर्भेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकाल्दै दोस्रो जित दर्ता गरेको हो ।
त्रिवि मैदानमा चितवनले दिएको १६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा १३ओभरमा ७४ रन जोडेर अलआउट भयो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना गरेका उनले ३ चौका र २ छक्का हिर्काएका थिए । ४ ओभरमा ६ रनमा ७ विकेट गुमाएको पोखरालाई म्याट क्रिट्ले १६ रनको योगदान दिए ।
पोखरालाई लज्जास्पद हार चखाउने क्रममा चितवनका शोहिल तान्भिर, रिजन ढकाल र लुक बेनकेन्सटाइनले समान ३–३ विकेट लिए। पहिलो ओभरमा नै तान्भीरले कप्तान तथा ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट गर्दा पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट गराए ।
चौथो ओभरमा रिजन ढकालले पनि ३ विकेट चट्काए । उनले दिनेश खरेल र किरन ठगुन्नालाई समान १ रनमा आउट गर्दा माइकल लिस्कलाई शून्य रनमै आउट गराए ।
यसअघि राईनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य पेश गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए ।
३८ बलको सामना गरेका उनले समान ३ छक्का र चौका हिर्काए । त्यस्तै कप्तानसमेत रहेका मार्की खेलाडी कुशल मल्लले ३८ रन जोड्दा लुक बेनकेन्सटाइन १६, हसन एइसाखिल १४,अमरसिंह रौटेला १३ तथा सन्तोष कार्की र शरद भेषावकरले समान ११ रन जोडे ।
बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिएका थिए ।
पोखराको यो पहिलो खेल तथा पहिलो हार हो भने चितवनले लगातार दोस्रो जित निकालेको छ । यसअघि चितवनले काठमाडौं गुर्खाजलाई हराएको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह