पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो ।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको शिलान्यस गरेका हुन् । दुइ वर्ष भित्र मन्दिर निर्माण गरिने यज्ञ संकल्पकर्ता ढकालले जानकारी दिए ।
यस्तै शुक्रबारनै सोही स्थानमा रहेको नवदिप धाममा जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा रहेको छ । सोही गुफामा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माण गर्न लागिएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
दानदाता मायादेवी न्यौपाने (महामाया दासी)ले बाटोको शिलान्यास गरेकी हुन् । न्यौपाने परिवारले कोटिहोमको लागि ५१ हजार दान गरेका छन् । भने बाटो निर्माणका लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत गरेको आयोजकले जनाएको छ ।

कोटिहोममा स्थलको दक्षिण तर्फ रहेको सेती नदिमा आजै कोटी दिप प्रज्वलन गरिएको छ । ठुलो संख्यामा उपस्थित भएका भक्तजनको सहभागितामा सेती नदिकोबिचमा साढे दुइ करोड दिप प्रज्वलन गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए ।
यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गरेका छन् ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज परेकाले कोटिहोममा पनि विवाह पञ्चमी विशेष कथा बाचन र झाकीँ प्रदर्शन गरिएको थियो ।
मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।
प्रेम मन्दिर, नवदिप धाम पुग्ने बाटो साथै धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन