गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध

पत्रकार महासंघ कास्की निर्वाचन:

गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध

पुनम गण्डक न्यूजकी डेस्क संयोजक हुन्

Punam Thapa Magar

पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको कार्यसमिति सदस्य पदमा पुनम थापा मगर निर्विरोध चयन भएकी छन् ।

गण्डकन्यूज डटकमकी डेस्क कोओर्डिनेटर पुनम कार्यसमिति सदस्य आदिवासी जनजाति क्लस्टरमा निर्विरोध चुनिएकी हुन् ।

उक्त पदमा पुनम विरुद्ध अरु कसैले उम्मेदवारी नदिएपछि पुनम निर्विरोध चुनिएकी हुन् । यस्तै, सदस्य (अन्य समावेशी) तर्फ सूर्य परियार पनि निर्विरोध चुनिएका छन् ।

दुवै जना प्रेस चौतारी र प्रेस यूनियन तर्फका उम्मेदवार हुन् । यद्यपी, निर्वाचन समितिले आधिकारिक घोषणा विहीबार गर्नेछ ।

झण्डै १५ वर्षदेखि सञ्चारक्षेत्रमा क्रियाशील पुनमसँग गण्डकन्यूज, बिग एफएम, पोखरा टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि अन्य सबै पदहरुमा दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ । प्रेस चौतारी कास्की र प्रेस युनियन कास्कीबाट साझा उम्मेदवारका रुपमा माधव बरालको नेतृत्व र प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारीको नेतृत्वमा प्यानल नै चुनावमा होमिएको छ ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष अग्रज पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि निम्न उम्मेद्वार मैदानमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ