पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ ।
दश जोड दुई तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ। बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई २–१ ले पराजित गर्दै त्रिवेणी पब्लिक विजयी भएको हो । कास्की मोडनाइज्ड एकेडेमी दोस्रो हुदा प्रतियोगितामा लिटिल फल्वार एजुेकेशनल एकेडमी र न्यू लेखनाथ पब्लिक एकेडेमी तृतीय भएको दश जोड दुई फुटसल संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
त्यसैगरी टेबलटेनिस तर्फ छात्रा सिनियर तर्फ वड्स एकेडेमी प्रथम भएको छ। त्यसैगरी अल्फा एकेडेमी द्धितीय तथा लाभिन रेसिडेन्सियल स्कुल र युनिभर्स इंगलिस वोर्डिङ स्कुल तृतीय भएका छन् ।
यसैगरी छात्र सिनयर तर्फ वड्स एकेडेमी प्रथम, त्रिवेणी पब्लिक द्धितीय तथा गण्डकी एकेडेमी र सिद्धिविनायक वोर्डिङ स्कुल तृतीय भएको टेबलटेनिस संयोजक शिवराज पौडेलले जानकारी दिए। जुनियर तर्फको छात्र छात्रा खेल बिहीबार विहान देखि सञ्चलान हुने उनले जानकारी दिए।
यस्तै बिहीबार नै भएको छात्र ह्याण्डबल तर्फ अञ्जुली बोर्डिङ स्कुल, सिद्धिविनायक बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी, सिद्धार्थ लवडेल सेमिफाइनलमा प्रवेश गरेका छन् भने छात्रा तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि, अक्सफोर्ड वोर्डिङ स्कुल, त्रिवेणी पब्लिक र कान्तिपुर एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको ह्याण्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले जानकारी दिए।
‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव २८ गते सम्म चल्ने छ ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्दैछन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो