पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ।
बिहीबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको हो।
खेलको सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनरले ६ बलमा पाँच रनमात्र बनाउन सक्यो।
सुपर ओभरमा पहिले ब्याटिङमा आएको पोखराले ६ बलमा १८ रन बनाएको थियो। सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन बनाए। सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए। सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे। तेस्रो बल सन्दीपले डट फ्याके पनि चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे। पाँचौँ बलमा रेफरले एक रन लिए। छैटौँ बल गौसले एक रन बनाए।
जवाफी ब्याटिङमा विराटनगरका मार्टिन गप्टिलले पहिलो बलमा एक रन लिए। दोस्रो बलमा विराटनगरका निकोलस किर्टोनले पनि एक रन नै लिए। तेस्रो बलमा गप्टिलले पुनः एक रन नै लिए। पोखराबाट बलिङमा रेमोन रेफरले गरेका थिए। चौथो बल रेफरले डट फ्याँके। पाँचौँ बलमा किर्टोनले एक रन लिए। अन्तिम बलमा जितका निम्ति १५ रन आवश्यक हुँदा रेफरले वाइड फ्याके। पुनः अन्तिम बल रेफरले डट राखेपछि पोखराले सुपर ओभरमा १३ रनको जित निकालेको हो।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको विराटनगरले पहिलो इनिङको निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो। १४० रनको लक्ष्यसहित मैदान उत्रिएको पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
पोखराको यो दोस्रो जित हो। पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो। तर, चितवन राइनोजसँग ८७, जनकपुर बोल्ड्स र कर्णाली याक्ससँग समान सात विकेटको हार बेहोर्यो।
यता, विराटनगरले पनि लुम्बिनीलाई नै दुई विकेटले पराजित गरेको हो। उसले जनकपुरसँग आठ विकेट, सुदूरपश्चिम रोयल्ससँग ९० र कर्णालीसँग सात रनको हार बेहोरेको थियो।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु