पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा आजदेखि हुने दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा पुस ३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।
खेल तालिकाअनुसार उद्घाटन खेलमा शनिबार बिहान ७ बजे सबलाईम र नेपाल आदर्शबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल ९ बजे राष्ट्रिय माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालयबिच हुनेछ । तेस्रो खेलमा साढे १० बजे शान्ति निकुञ्ज र फिसतेल एकेडेमीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिन ६–६ वटा खेल खेलाइने छ । फाइनल खेल पुस ३ गते दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका २३ विद्यालयले सहभागिता जनाएको विश्वविद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक डा. मधुसूधन सुवेदीले जानकारी दिए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एक मात्र विश्वविद्यालय हो ।
विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा. सुवेदीले बताए । २०७९ मा भएको प्रथम कुलपति रनिङसिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो ।
सम्बन्धित खबर
खो खो विश्वकप : उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
दोस्रो यामबहादुर स्मृति फुटसल माघ १० मा
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर