पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा आजदेखि हुने दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा पुस ३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।
खेल तालिकाअनुसार उद्घाटन खेलमा शनिबार बिहान ७ बजे सबलाईम र नेपाल आदर्शबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल ९ बजे राष्ट्रिय माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालयबिच हुनेछ । तेस्रो खेलमा साढे १० बजे शान्ति निकुञ्ज र फिसतेल एकेडेमीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिन ६–६ वटा खेल खेलाइने छ । फाइनल खेल पुस ३ गते दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका २३ विद्यालयले सहभागिता जनाएको विश्वविद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक डा. मधुसूधन सुवेदीले जानकारी दिए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एक मात्र विश्वविद्यालय हो ।
विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा. सुवेदीले बताए । २०७९ मा भएको प्रथम कुलपति रनिङसिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो