सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्ने भएको छ ।
मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयले जनाएको छ ।
शनिबार बिदा परेको कारण थुनछेक बहस भने आइतबारदेखि सुरु हुनसक्ने बताइएको छ ।
सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘हिजो आएको प्रतिवेदन अध्ययनकै क्रममा छौँ । ढिलोमा बिहीबारसम्म अध्ययन सक्छौँ । शुक्रबार अदालतमा अभियोजन गर्छौँ । आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ ।’
प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानूनी प्रावधान छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक छवि पक्राउ परेको असोज ६ गतेबाटै उक्त अवधि गणना हुने कानूनी प्रावधान छ ।
सोहीअनुसार ९० दिनमै अभियोजन हुन लागेको हो । प्रहरीले जोशीसहित जीबी ग्रुपका अन्य कर्मचारी एवं सहकारीसँग जोडिएका व्यक्तिहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ ।
कास्की प्रहरीले सोमबार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले भने प्रतिवेदन अध्ययन भइरहेको बताइन् ।
उनले भनिन्, ‘हिजो मात्र प्रहरीबाट प्रतिवेदन आएको छ । अध्ययनको क्रममा छौँ । धेरै प्रतिवादी छन् । बयान र कागजात धेरै पृष्ठका छन् । अध्ययन गर्न समय लाग्छ । प्रतिवेदनको अध्ययन र विश्लेषण गरेपछि निर्णयमा पुग्नेछौँ ।’
प्रहरीको प्रतिवेदनमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्न सुझाव दिइएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धानमा कास्की प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सघाएका थिए ।
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
बस्ती उठाइसकेर सरकारले भन्योः दशरथ रंगशालामा उपस्थित भई आफ्नो विवरण दर्ता गर्नू
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’