पोखरा । पेट्रोल छर्किएर घाइते बनाइएका कास्कीको मादी गाउँपालिका वडा नं. ५ का दुर्गाबहादुर गुरुङको उपचार गर्दागर्दै निधन भएको छ।
उनको काठमाण्डौको कीर्तिपुर बर्न अस्पतालमा सोमबार मृत्यु भएको हो। शरीरका ७५ प्रतिशत भाग जलेका ४८ वर्षीय गुरुङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गुरुङलाई बिहिबार राती करीब ११ बजेको समयमा शौचालय जाँदै गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१२ स्थायी घर भई हाल जिल्ला पोखरा काँहुखोला बस्ने वर्ष ३१ को उमेश राईले पेट्रोल छर्किएर घाइते बनाई भागेका थिए।
गम्भीर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइएको थियो।
भागेका राईलाई मादी गाँउपालिका वडा नं. ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा शिशुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। अभियुक्त राईबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचारः
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो