पोखरा नदीपुर स्थित प्रतिभा मावि अतिरिक्त क्रियाकलाप विभागले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न प्रतिभा आइडल २०८१ आयोजना गरेको छ ।
वित्त निर्देशक विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि प्राचार्य किरण सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत क्षमता उजागर हुने र सानै उमेरदेखि आफ्नो कला कौशल फक्रनका लागि प्लेटफर्म अवसर प्रदान गरेको बताए ।

प्राचार्य सापकोटाले शैक्षिक पात्रोमै यस कार्यक्रमलाई उल्लेख गरी प्राथमिकताका साथ निरन्तरता दिइएको उल्लेख गरे ।
प्रतिभा आइडलमा कक्षा ६ देखि १० सम्म सहभागी थिए । कक्षागत प्रतिष्पर्धामा ५१ समूह व्यक्तिगत तथा समूहगत रुपमा सहभागी थिए ।
कक्षा ६ तर्फ सवार्णि बास्तोला प्रथम, सम्पदा अर्याल द्वितीय, एन्जिला नेपाल समूहको तृतीय भए । कक्षा ७ तर्फ प्राप्ति पौडेल प्रथम, आयुश्री तिमिल्सिना र आशिमा सेनको समूह द्वितीय, नमुना सुवेदीको समूह तृतीय भयो ।

कक्षा ९ र १० तर्फ एभरग्रिन केसी प्रथम, शुलभ के भण्डारीको समूह द्वितीय र प्रमित पाण्डेको समूह तृतीय भयो ।

अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजनमा भएको कार्यक्रममा कक्षा ९ सी का विद्यार्थी दिक्षान्त थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा