पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै विश्वविद्यालय स्थापना भएको हो । शिक्षाको क्षेत्रमा सरकारको प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य स्वरुप अगाडि बढिरहेका छौं ।”
पोखरा आफैमा पर्यटकिय संगै खेलकुदको गन्तव्य रहेको जनाउँदै मन्त्री थापाले विश्वविद्यालयले खेलकुदको पाठ्यक्रमलाई जोडेर खेलकुद कार्यक्रम आयोजना गर्नु खुसीको विषय रहेको बताए । उनले खेलकुदले विद्यार्थीहरुको स्वस्थ मनोभावना जागृत गर्न समेत भूमिका रहने उल्लेख गरे ।
दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि पोखरा १४ स्थित शहिद स्मृति माविले जितेको छ । फाइनल खेलमा स्टेप वाई स्टेप माविलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै शहिद स्मृतिले नगद १ लाखका साथमा रनिङ शिल्ड उचालेको छ भने उपविजेता बन्न सफल स्टेप वाई स्टेपले नगद रु ५० हजार प्राप्त गरेको छ ।
एक साता सम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी शहिद स्मृतिका गोल रक्षक केश बहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद १५ हजार प्राप्त गरे । यस अघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चपूर्ण खेलमा शहिद स्मृति र स्टेप वाई स्टेपले २–२ गोल गरे पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०–१० मिनेट थप गरिएको खेलमा समेत गोल हुन नसके पछि खेल टाइव्रेकरमा धकेलिएको थियो ।
निर्धारित समयको सातौं मिनेटमा सरुन सुनारले गोल गर्दै शहिद स्मृतिका लागि गोलको खाता खोले पनि २७ औं मिनेटमा स्टेपवाई स्टेपका लागि निराजन मगरले गोल गर्दै बरावरी गरे । शहिदस्मृतीका लागि केश बहादुर रोक्का मगरले ४७औं मिनेटमा गोल गर्दै पुनः टिमलाई २–१ ले अग्रता दिए । खेलको ६१ औं मिनेटमा स्टेप वाई स्टेपका अवन राना दोहोरो ऐलो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० जना खेलाडीमा खुम्चिएको स्टेपबाई स्टेपले दोस्रो हाफको इन्जिुरी समयमा किपरको गल्तीको फाइदा उठाउँदै जवाफी गोल फर्कायो । टिमका लागि कुन्ज पौडेलले गोल गरे ।
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा विश्वविद्यालय उपकुलपति प्रा.डा. नवराज देवकोटाले समेत आफ्ना भनाई राखेका थिए ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई कुलपति प्रा.डा. गुरुङ, उपकुलपति प्रा।डा देवकोटा, विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला