सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताएका छन।
नेपाल पत्रकार महासङ्घ कास्कीको नवनिर्वाचित कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरु आज शपथ तथा पदस्थापन समारोहको उद्घाटन गर्दै उनले देशमा स्थिरता र सुशासन स्थापनाका लागि सञ्चार जगत्ले सरकारलाई सहयोग गर्नुपर्ने बताए।
सञ्चारमन्त्री गुरुङले भने, “वर्तमान सरकार बनेको भोलिपल्टदेखिनै अस्थिरताको कुरा भइरहेको छ । सरकार ढल्छ भनेर लेखिरहेका छन्, सञ्चार क्षेत्रबाट प्रचार भइरहेको छ । यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ। सञ्चार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ।”
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यममा अराजकता बढेकाले नियमनका लागि कानुन निर्माण गर्न लागिएको उनले जानकारी दिए।
अनलाइनको मिडियाको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित भएको र अबको सदनमा प्रस्तुत हुने उनले बताए।
“डिजिटल प्लेटफर्म सञ्चालन गर्नेहरु मर्यादित बन्न आवश्यक छ। संस्कार र संस्कृतिमाथि हमला गर्नुहुँदैन। समाजलाई अमर्यादित बनाउने काम अनलाइन सञ्चार माध्यमबाट गर्नुहुँदैन। अनलाइन मिडियाको स्थापना, सञ्चालन र प्रयोगका लागि नियमन गर्नु आवश्यक छ भनेर सञ्चार मन्त्रालय लागिपरेको छ”, सञ्चारमन्त्री गुरुङले भने।
विद्युतीय अपराध बढेकाले सोको नियन्त्रणका लागि साइबर सुरक्षा विधेयक र प्रेस काउन्सिलको नियमनकारी भूमिका विस्तारका लागि मिडिया काउन्सिल विधेयक यही हिउँदे अधिवेशनमा पारित गर्ने योजना रहेको उनले जानकारी दिए।
त्यस अवसरमा सञ्चारमन्त्री गुरुङले गत मङ्सिर २८ गते सम्पन्न पत्रकार महासङ्घको निर्वाचनमा कास्की शाखामा निर्वाचित अध्यक्ष माधव बराल नेतृत्वको कार्यसमिति तथा प्रदेश परिषद् र राष्ट्रिय परिषद् सदस्यमा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा निर्वाचन समितिका संयोजक पुण्य पौडेल, सदस्यहरु रवीन्द्र बाँस्तोला, गोविन्द पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, अध्यक्षका प्रत्याशी राजेन्द्र अधिकारीलगायतले पत्रकारिता क्षेत्रका विभिन्न विषयमा भनाइ राखेका थिए।रासस
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ