काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै आजबाट बयानको प्रक्रिया सुरु भएको हो । आज गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ । जोशीको बयान बाँकी नै रहेको र भोलिपनि उनीसँग बयान लिइने बताइएको छ ।
उनको बयान मंगलबार पनि जारी रहने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सामान्यतया कसूरमा बढी भूमिका भएका प्रतिवादीबाट बयान सुरु गरिन्छ,’ उनले भने, ‘मंगलबार छविको सकेर रवि लामिछानेको बयान सुरु गर्छौं । बिहीबारसम्म बयान सकेर छिटोमा शुक्रबारबाट थुनछेकको बहस सुरु गर्ने तयारी छ ।’
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ । आज बयानका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो ।
जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ । न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३–४ दिन लाग्न सक्ने बताइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ठगीको मुख्य नाइके मानिएका जिबी राई भने हालसम्म फारर छन् ।
छविले के दिए बयान ?
प्रतिवादी छविलाल जोशीले आफूले सहकारीको एक पैसा पनि नलिएको बयानका क्रममा बताएका छन् । छविले ग्यालेक्सी टीभी सञ्चालन गर्ने सन्दर्भमा गोर्खा मिडियामा आफूभन्दा अघि रवि लामिछाने जोडिएको बयान दिएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश राईसँगको बयानमा जोशीले संस्थापक सेयरधनी आफू भए पनि जीबी राई र एपीवान टेलिभिजनकी लक्ष्मी पौडेलमार्फत पहिले नै रवि लामिछाने गोर्खा मिडियासँग जोडिएको बयान दिएका हुन् ।
‘तत्कालीन समयमा रवि लामिछाने कालिकोटको रासकोटमा अस्पताल निर्माण कार्यमा व्यस्त रहेकोले जीबी र मेरो नाममा ५०/५० प्रतिशत सेयर लगानी गरी प्रवन्धपत्र नियमावली समेत तयार गरी कुल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी गोर्खा मिडिया नेटवर्क प्रालि ०७७ पुस १५ मा कम्पनी रजिस्ट्रारको कार्यालयबाट दर्ता गरिएको हो,’ जोशीले अदालतमा बयानका क्रममा भनेका छन् ।
पुँजी वृद्धि गरेर ०७७ चैत १८ मा जीबीको ५० प्रतिशत सेयरबापत ६ करोड, छविको ३५ प्रतिशत सेयर वापत ४ करोड २० लाख लाख र रविको १५ प्रतिशत सेयर वापत १ करोड ८० लाख रुपैयाँ कायम भएको थियो । रवि लामिछाने सञ्चालक हुनुभन्दा पहिले नै जीबी, रवि र छविले केवाईसी भरेर कुनै एकजनाको हस्ताक्षर चल्ने गरी ०७७ कात्तिक ६ मा ग्लोबल आईएमई बैंकमा गोर्खा मिडिया नेटवर्कको खाता खोलिएको छविको बयानमा उल्लेख छ । उक्त खातामा हालसम्म भएको ९० करोड ४४ लाख १७ हजार ५ सय ५२ रुपैयाँको सम्पूर्ण जानकारी जीबी र रविलाई थाहा भएको बयान उनले दोहोर्याएका छन् ।
न्यायाधीशले सोधेका १५ प्रशनको जवाफ दिने क्रममा छविले आफ्नो घरमा भेटिएको भनिएको सफ्टवेयरको हार्डडिस्कबारे पहिला कुनै जानकारी नभएको बताएका थिए । उनले संसदीय छानबिन विशेष समिति र सरकारी वकिल र प्रहरीका अनुसन्धान अधिकारीलाई दिएकै बयान दोहोर्याएका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती