नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक

नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक

nvl

पोखरा । नेपालमा पहिलोपटक हुन लागेको नेपाल भलिबल लिग (एनभीएल)को लोगो र स्लोगन सार्वजनिक भएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र आयोजक केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ स्लोगनको मंगलबार सार्वजनिक गरेका हुन् ।

अध्यक्ष केडियाका अनुसार नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुनेछ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिता सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds