पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।
बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आयोजक समितिका उपाध्यक्ष समेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने छन् ।
ओपनतर्फ नेपालका शिर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जनाए । मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित सय बढि खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने थापाले पत्रकार सम्मेलनमा बताए ।
ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८० हजार उपबिजेताले ४० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३० हजार उपबिजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।
३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६० हजार उपबिजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन्।
४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४० हजार उपबिजेताले २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने थापाले बताए ।
कार्यक्रम सञ्चालन गर्दै समितिका सचिव भिष्मराज पौडेलले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहाँसमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला