पोखरा । पृथ्वीनारायण क्याम्पसले अन्तरसंकाय खेलकुद प्रतियोगिता संचालन भएको छ । यही १४ पुससम्म चल्ने प्रतियोगितामा पहिलो दिन बुधबार बिहान ५ किमी दौड प्रतियोगिता शुभारम्भ भयो ।
प्रतियोगिताको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका सदस्य एवं पोखरा १ का वडाध्यक्ष शाहारा प्रधानले गरेका हुन् ।
५ किमी दौडमा छात्रतर्फ दर्पण थापा प्रथम, सरोज थापा मगर द्वितीय, आकाश मगर तृतीय र छात्रातर्फ समीक्षा पोख्रेल प्रथम, रोशनी केसी द्वितीय र प्रतिक्षा सुवेदी तृतीय भए ।
यसैगरी, पहिलो दिन नै भएको १०० मिटर दौडमा छात्रतर्फ सागर केसी प्रथम, अमृत शाही द्वितीय र अर्जुन पुन तृतीय भए । छात्रातर्फ स्नेहा गर्बुजा प्रथम, नन्दनी दास द्वितीय र समीक्षा पोख्रेल तृतीय भए ।
विजयी धावकलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा लङजम्प छात्रछात्रा, क्रिकेट छात्र, भलिबल, फुटबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन अन्तर्गतका खेलहरु खेलाइने प्रतियोगिता संयोजक डा.बोधराज ढकालले बताए ।
बास्केटबल छात्र र छात्रामध्ये छात्रतर्फ बिबिएस पवन पुर्जाको समूह प्रथम र मनीष तिलिजा पुनको समूह द्वितीय भए । छात्रातर्फ बिबिए रस्मिता गुरुङको समूह प्रथम र बिएस्सी आकृति गर्वुजाको समूह द्वितीय भयो ।
ढकालका अनुसार क्रिकेटमा ८ टिम, भलिबल छात्र ९ र छात्रा ८ टिम, बास्केटबाल छात्र ५ र छात्रा ६ टिम, फुटबल छात्र ९ र छात्रा ६ टिम, ब्याडमिन्टनमा छात्र ४० र छात्रा १७, टेबुल टेनिसमा ५०, लङजम्प १५ एवं दौडतर्फ ७० जना विद्यार्थीहरुले भाग लिएका छन् ।
क्याम्पसले गत वर्ष भिसी कप प्रतियोगितामा विश्वविद्यालयमा द्वितीय स्थान हासिल गरेको थियो । यस वर्ष गण्डकी प्रदेशस्तरीय त्रिवि आंगीक क्याम्पस छात्रा भलिबल प्रतियोगितामा पनि पृथ्वीनारायण क्याम्पसले द्वितीय स्थान हासिल गरी नगद ३३ हजार पुरस्कार पाएको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह