युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४ मा छात्रातर्फ अमरसिंह मावि र छात्रतर्फ बाराही मावि प्रथम भएको छ ।
पाँच विद्यालयबीच भएको उक्त प्रतिस्पर्धामा छात्रातर्फ अमरसिंह माविले कन्या माविलाई १–० गोलले हराउँदै विजेता बनेको हो । छात्रतर्फ भने बाराही माविले शितला माविलाई ट्राईब्रेकरमा ३–२ गोलले हराउँदै विजेता बनेको हो ।
छात्रातर्फ अमरसिंह मावि बाराही माविलाई हराउँदै फाइनलमा पुगेको थियो भने कन्या माविले शिवशक्ति माविलाई हराउँदै फाइनमा पुगेको थियो । छात्र तर्फ भने शितला माविले अमरसिंह माविलाई हराउँदै फाइनल पुगेको थियो भने बाराही माविले शिवशक्ति माविलाई हराउँदै फाइनल पुगेको थियो ।

युनिकनले विगत ६ महिनादेखि पाँच विद्यालयलाई निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराउँदै आइरहेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फुटबल खेलमा अघि बढाउनको लागि फुटबल फोर फ्युचर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
विशेषगरी छात्राहरुलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा एक सय ४४ छात्राछात्रको सहभागिता रहेको छ भने ८५ जना छात्राहरुको सहभागिता रहेको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा एन्फाबाट ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण गराउँदै आएका छन् ।
यस प्रतियोगितामा छात्रातर्फ कन्या माविको केशु घर्तिमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
त्यस्तै, उत्कृष्ट गोलकिपरको उपाधि अमरसिंह माविका छात्रा अनुजा तामाङ र धेरै गोलकर्ताको रुपमा सिम्रिका बस्ताकोटी घोषित भएका छन् ।
त्यस्तै, छात्रतर्फ बाराही माविका समिर क्षेत्री उत्कृष्ट खेलाडी र शिव राउत उत्कृष्ट गोलकिपर घोषित भए भने उच्च गोलकर्ता शितला माविका सविन गुरुङ बनेका थिए ।
सामुदायिक विद्यालयका छात्राछात्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउण्डमा खेलको अनुभव प्रदान गराउने र फुटबल खेलप्रति थप हौसला बढाउने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएको छ ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस