गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको फेवातालमा आइतबारदेखि दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल सुरु भएको हो।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै यसप्रकारका खेलले पोखराको पर्यटन प्रबर्द्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए।
दुई दिन चल्ने प्रतियोगितामा २० समूहले सहभागिता जनाएका छन्। जसमा नेपालका ११, चीन ८ र सिंगापुरका एक टिम छन्। २०० मिटर र ५०० मिटर दुरीमा हुने प्रतिस्पर्धामा विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन्।
अन्य १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ। ड्रागन बोट रेसमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको गत ११ पुसमा चीनको छिन्चुबाट चार्टर उडानमार्फत पोखरा आएको थियो।
प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) सहित नेपालका ११ टोलीको सहभागी छन् ।
यो खेल चीनको प्रमुख चार परम्परागत पर्वमध्येको एक हो । परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रूपमा मनाइने ड्रागन बोटरेस फेस्टिभल पोखराको फेवातालमा गत असारमा पनि भएको थियो। एउटा टिममा १२ जना खेलाडी हुन्छन्।
पोखरामा शनिबारदेखि सडक महोत्सव सुरु भएकोमा थप ड्रागन बोट रेसका कारण लेकसाइडमा रौनक छाएको छ। उता, फेवातालको सिरान पामेमा बेलुन फेस्टिभल जारी छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो