पोखरा । पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा आरव सम्राट हाडा र प्रनव मानन्धर भिड्ने भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरव सम्राट हाडाले प्रनव मानन्धर संग फाइनलमा भेट पक्का गरेका हुन् ।
सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमीफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरव संग पराजित हुँदै सेमीफाइनलबाट बाहिरिएका छन् भने प्रनवले निशान श्रेष्ठलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै आरव संग उपाधि भिडन्त पक्का गरे ।
मेन्स डबल्सतर्फ निहाल जङ्ग बहादुर थापा र आरव सम्राट हाडाको जोडीले प्रनव मानन्धर र राजविर प्रधानको जोडीलाई फाइनलमा ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै डबल्सतर्फको उपाधि जितेका छन् ।
प्रतियोगिता एक दिन लम्बिए संगै ओपनतर्फ उमेन्स र मेन्सतर्फका फाइनल खेल भोली (मंगलबार) तय गरिएको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै प्रतियोगिता अन्तर्गत नै पाँचौ दिन केही क्याटोगरी अन्तर्गतका फाइनल खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ६५ वर्ष माथीको सिंगल्स फाइनलमा बिदुर विष्टले ध्रुब गुरुङलाई सुपरटाई म्याचमा हराएका छन् । बिदुरले ४–२, २–४ र ९–७ ले फाइनल खेल आफ्नो पक्षमा पारे ।
३५ वर्ष माथी उमेर समुहको फाइनलमा जितेन्द्र परियारको जोडी र कुमार अधिकारीको जोडीले एस तोगबे र पि नोर्वुको जोडीलाई ६–२, ६–३ का् सोझो सेटमा पराजित गरे । ३५ वर्ष माथी सिंगल्समा पूर्व नं १ जितेन्द्र परियार उपाधि नजिक पुगेका छन् । सम्पन्न सेमीफाइनलमा उनले सिमान्त गुरुङलाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाए । जितेन्द्रले फाइनलमा सन्तोष खत्री संग भेट पक्का गरे । सन्तोषले भिष्म जङ्ग गुरुङलाई ६–३, ६–२ ले पराजित गरे ।
४५ वर्ष माथीको डबल्स फाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले हेमराज ढकाल र मान बहादुर कटुवालको जोडीलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधि जितेका छन् । यस्तै ४५ वर्ष माथीको सिंगल्स फाइनलमा रोहित सुनुवार र कमल भण्डारीले उपाधि यात्रा सुरक्षित गरेका छन् । सम्पन्न सेमीफाइनलमा रोहितले हेमराज ढकाललाई ६–३, ६–१ ले पराजित गर्दा कमलले छेवाङ लामालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
६५ वर्ष माथी डबल्सको फाइनलमा बिदुर विष्ट र मनोज राणाको जोडीले ध्रुव गुरूङ र रविन्द्रको जोडीलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गरे ।
यसै गरी ५५ वर्ष माथीको फाइनलमा जिवन घिमिरे र चन्द्र शाही उपाधिका लागि भिड्ने भएका छन् । जिवनले सुपरटाई म्याचमा ६–०, ६–७ र १०–५ ले उत्तम बोगोटीलाई हराए भने चन्द्रले तुलेश्वर सिंहलाई ६–४, ६–१ ले सेमीफाइनलमा पराजित गरे । ५५ वर्ष माथीको डबल्समा युगेन शेर्पा र जित प्रधानको जोडी बिजयी भएको छ । उनीहरु जिवन घिमिरे र सुदर्शन विष्टको जोडी विरुद्ध ६–३, ६–२ ले बिजयी बने ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो